१४ बैशाख २०८१, शुक्रबार

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय


लकडाउनको समयमा काठमाडौँ उपत्यका

२७ चैत, काठमाडौं । नेपाल सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेका नेपालीहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने भएको छ । आज बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाहरुसँगको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री पोखरेलले भौतिक पूर्वाधार तथा यातायत मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, पर्यटन मन्त्री र गृह मन्त्रीसँग घर फर्कन नपाएकहरुलाई पठाउने भन्नेबारे छलफल गरेका थिए ।

सरकारले अचानक लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए । गत ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।

बिहीबार गृह मन्त्रालयमा उनीहरलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङका अनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !