राष्ट्रको रक्षा तथा नेतृत्व गर्न नेताको आवश्यक पर्दछ । राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।
राजनीति देश परिवर्तन गर्ने एक मात्र माध्यम हो । राजनीतिक नेतृत्वले चाहेको खण्डमा जस्तोसुकै काम गर्न पनि सक्छ । देशमा शुशासन कायम राख्नको लागि पनि राजनीतिको आवश्यक पर्दछ । देशलाई कुन दिशातर्फ लैजाने भन्ने पनि राजनीतिमा भर पर्दछ । देशमा नियम कानुनहरु पनि राजनीति गरेर छानिएर आएका सांसदहरुले नै बनाउने हो ।
नेपालपत्रका प्रधान-सम्पादक गोपाल भण्डारीका अनुसार “ग्रहहरूले अरुको प्रकाश लिएर आफु उज्यालो वन्दछन् भने ताराहरूले आफ्नो प्रकाश दिएर अरुलाई उज्यालो पार्दछन्” । “नेताहरु भनेका ताराहरु जस्ता हुनुपर्छ ।” देशप्रतिको आफ्नो उत्तरदायित्व वोध भएका सच्चा राजनेताको खाँचो छ नेपाल आमालाई ।
तर पछिल्लो समयमा हाम्रो देश नेपालमा राजनीतिलाई हेर्ने हो भने राजनीति गर्ने विभिन्न दलका नेताहरु देश बनाउनेतर्फ नभई देशलाई सिद्धाउने तर्फ लम्किदै गरेको देखिन्छन् । राजनीति गर्नु भनेको आफ्नो परिवार र व्यक्तिगत स्वार्थको लागि होइन । नि:स्वार्थ भावना लिएर राजनीति गर्नुपर्दछ । हाम्रो देशका राजनीतिक दलका नेताहरुलाई हेर्ने हो भने आफ्नो व्यक्तिगत स्वार्थको लागि राजनीति गरिरहेका छन् । राजनीतिलाई देश विकास गर्नको लागि प्रयोग नभई आफ्नो व्यक्तिगत स्वार्थको लागि र आफ्नो आफन्तजनहरुको लागि राजनीति गरिरहेका छन् ।
हाम्रो देशका नेताहरुले राजनीतिलाई नेपाली जनताको हितको लागि नभई गरिराखे भाडो बनाएका छन् । स्थानीय स्तरदेखि प्रदेश र केन्द्रसम्म जुनसुकै ठाउँमा पनि राजनीति प्रयोग गरिरहेका छन् । कुनै ठाउँमा रोजगारको लागि प्रतिष्पर्धा गर्ने हो भने, त्यहाँ पनि राजनीति नै प्रयोग भएको हुन्छ । यतिसम्म की कुनै पार्टीको झोला बोकेको मान्छे छैन भने त्यहाँ आफ्नो क्षमताले मात्र कुनै पार लाग्ने स्थिति छैन । त्यहाँ आफु भन्दा कम्जोर व्यक्तिको नाम निस्किएको हुन्छ । यसको प्रमुख कारण भनेको राजनीति हो किनकी जहाँसुकै पनि आफ्नो पार्टीका कार्यकर्ता अथवा भाइभतिज, आफन्तहरुलाई त्यसमा लगाइदिने गर्छन् ।
त्यतिमात्र होइन पछिल्लो समयमा राजनीतिले केसम्म गरेका छन् भने नेपाल सरकारको नाममा रहेको बालुवाटारको जग्गासम्म आफ्नो नाममा पार्न भ्याई सकेका छन् । सरकारको नाममा भएको उक्त जग्गा ब्यक्तिको नाममा पारेको भन्दै आफ्नै पार्टीका नेतादेखि प्रतिपक्ष दलका नेता राजनीतिक विज्ञ, आम संचार माध्ययम र संचारकर्मीदेखि कार्यकर्ताहारले पनि विरोध गरिरहेका छन् ।
हाम्रो देश नेपालसँगै भएका अन्य देशहरुलाई हेर्ने हो भने लाखौं गुणा विकसित देश बनिसकेका छन् । अन्य देशहरुले विभिन्न प्रविधिका समानहरु बनाएर वेच्ने गर्छन् । तर हाम्रो देशका नेताहरुले देशको युवाहरु छानी-छानी वेचिरहेका छन् । त्यहि युवाहरुले पठाएका पैसाको रेमिटेन्सवाट देशलाई चलाइरहेका छन् । त्यहि पैसा भ्रष्टाचार गरिरहेका छन् ।
अन्य देशहरुमा भ्रष्टाचार गरेको अभियोगमा जीवनभर जेल सजाय हुन्छ । कति नेताहरुले त भ्रष्टचारको अभियोग लाग्ने तास्नै आत्महत्या गर्छन् । अन्य कतिलाई फोहोरको डस्वीनमा राखेर सहर घुमाउने गर्छन् । तर हाम्रो देशमा हो भने भ्रष्टचारको मुद्दा नलाग्ने कुनै नेताहरु पनि छैनन् । सबैलाई भ्रष्टचारको मुद्दा लागेकै छन् । भ्रष्टचारको मुद्दा लागेपछि अन्य देशहरुमा जस्तो हाम्रो देशमा आजीवन जेल सजाय अहिलेसम्म कसैले पनि भोगेका छैनन् ।
यसरी हाम्रो देशमा भ्रष्टचार दिनानुदिन बढ्नु र भ्रष्टचार गर्नेलाई कारवाही गर्न नसक्नुको प्रमुख कारण अरु केहि होइन । देशको लिडरसिप खरावी हो । देशका नेताहरु नै भ्रष्ट भएपछि अरुलाई कसरी कारवाही गर्ने ?
तराई र पहाडका विभिन्न ठाउँहरुमा जनताहरु सिटामलको औषधि खान पाएका छैनन् । भूकम्पले क्षति पुर्याएका भूकम्प पिडितहरुले अहिलेसम्म पूर्ण रुपमा घरवास पाएका छैनन् । पहाडका विभिन्न जिल्लाहरुमा अहिलेसम्म विद्युत पुगेका छैन । यातायात पुगेका छैन । भएका र पुगेका ठाउँहरुमा पनि राम्रोसँग बाटोहरु बनाएको छैन । नेपालमा लोकतन्त्रको नाममा छाडातन्त्रको विकास भने हुन दिनु हुदैन । नत्रभने शहिदहरुको रगतको अपमान हुनेछ ।
राजधानी जस्तो ठाउँ काठमाडौंमा त सडकहरु हेर्ने हो भने निकै नाजुक देखिन्छन् । चीन र जापानको सहयोगमा बनेको कोटेश्वर, कलंकी सडक एक वर्ष अगाडीमात्र काम सम्पन्न भएको हो । त्यो भन्दा अगाडी भने यो वाटो यात्रा गर्न निकै नै नाजुक थियो । त्यतिमात्र होइन । अहिले हेर्ने हो भने राजधानी काठमाडौं कै विभिन्न सडकहरु कालोपत्र भएका छैनन् । भएका सडकहरु पनि १ वर्षसम्म राम्रोसँग चल्छ । त्यसपछिको दिनहरुमा हो भने जस्ताको त्यस्तै हुन्छ । यसको प्रमुख कारण हो भ्रष्टचार किनभने सडकको लागि छुटाएको रकम सहि सदुपयोग नहुनु हो । यदि सहि सदुपयोग भएको हो भने त्यसरी एकवर्ष मै भात्किदैन्थ्यो ।
भ्रष्टाचारीलाई कारवाही गर्नको सट्टा अझै जोगाउने पद्दति, बलात्कारीलाई कारवाही गर्न नसकेको कारणले गर्दा नेताहरुप्रति जनताको विश्वास घट्दै गएको देखिन्छन् । यदि भ्रष्टचारको अन्त्य गर्ने हो र भ्रष्टचार गर्नेलाई आजीवन जेल सजाय दिने हो भने नेपाल पहिले नै स्वर्ग बनिसक्थ्यो ।
यदि राजनीतिक दलका नेताहरुले जनतालाई विश्वास दिलाउने हो भने जनताको हितको लागि काम गर्नुपर्छ । । भ्रष्टचार अन्त्य गर्नुपर्छ । भ्रष्टचारीलाई आजीवन जेल सजाय दिनुपर्छ । बलात्कारीलाई कारवाही गरि बलात्कार जस्ता जघन्य अपराधहरुलाई न्यूनीकरण जानुपर्दछ । देशमा भएका युवाहरुलाई खाडी मुलुकहरुमा छानी-छानी बेच्ने होइन । आफ्नै देशमा सिप र योग्यता अनुसार रोजगार दिलाउनुपर्छ । राजनीतिक व्यक्तिगत स्वार्थको लागि होइन । देश र जनताको हितको लागि गर्नुपर्छ । अनि मात्र जनताले विश्वास गर्छ ।
*राम मगर नेपालपत्रमा समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।
यो पनि पढ्नुहोस्
ओली सरकारको १ वर्ष : अनगिन्ती काण्डै काण्ड
कहिले आउला मेलम्चीको पानी काठमाडौँमा ?
प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै
वाइडबडी काण्ड : कारवाहीको लागि उपसमितिले सिफारिस गरेपनि ढिलासुस्ती किन ?
के वाम गठवन्धनको सरकारले जनताको मन जित्ला त ?
कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार
राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित