११ बैशाख २०८१, मंगलबार

राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित


Bal Diwas
ram
  राम मगर

आज राष्ट्रिय बालदिवस ।  विशेषगरी आजको दिन बालअधिकार रक्षा र संरक्षणको लागि विभिन्न संसस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै छन् । वि.सं. २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो ।

बालबालिकाहरुको हक र हितको लागि यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न ठाउँहरुमा ‘बालबालिकाको कुरा सुनौं, बाल दुर्ब्यवहार अन्त्य गरौं’ भन्ने नाराका साथ आज दिवस मनाईंदैछ । यसको बालबालिकाहरुको जीवन सुरक्षा र उनीहरुको उज्वल भविष्यको लागि यो दिवस मनाउने गरिन्छ ।

बालबालिका भनेको एउटा गिलो माटो जस्तै हो । गीलो माटोलाई जे बनाउन खोज्दापनि सकिन्छ त्यस्तै बालबालिकाहरुलाई पनि आफ्नो परिवारसँग भर पर्छ । आफ्नो छोराछोरीलाई कुन वाटो देखाउँदा राम्रो हुन्छ भन्ने कुरामा आफ्नो परिवारले धेरै नै ध्यान दिनुपर्ने हुन्छ । बालदिवसको इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सकि्रयताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी वि.सं. २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी नियमित रुपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

बालबालिकालाई आफुले जे कुरा सिकायो त्यही कुरा सिक्ने गर्छन् । त्यसैले हामीले आफ्नो बालबालिकाहरुलाई सधै राम्रो बोल्न, सिकाउने गर्नुपर्छ । त्यस्तैगरी राम्रो काममा लाग्नलाई मात्र सिकाउनुपर्छ । यदि आफ्नो बालबालिकाहरुलाई राम्रोकुरा सिकाएन भने कुलतमा फस्ने गर्दछन् ।

अहिलेको समयमा हेर्ने हो भने, कतिपय मान्छेहरु कुलतमा फसेर बिग्रिएको देखिन्छन् । कतिको छोराछोरीहरु कुलतले गर्दा नै अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । त्यसैलेगर्दा आफ्नो बालबालिकहरुलाई हामीले समयमै राम्रो कुरा सिकाउने गर्नुपर्छ सहिवाटो देखाउने गर्नुपर्छ ।

आजको दिन देशका प्रमुख व्यक्तिदेखि अन्य मन्त्रीहरु पनि बालबालिकाको अधिकार सुरक्षा र संरक्षणको लागि विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रम गरि मनाउन व्यस्त छन् । विभिन्न विद्यालयहरुमा पनि सांगीतिक कार्यक्रम गर्दै मनाइरहेका छन् । बालबालिकाको सुरक्षा र अधिकारको लागि प्रमुख व्यक्तिहरुले जतिसुकै भाषण गरेता पनि अहिले हेर्ने हो भने उनीहरुको भाषणमै सिमित रहेको छ ।

आज काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै, राष्ट्रपति विद्यादेवी भण्डारीले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फल्नुपर्नेमा जोड दिनु भएको छ । तर अहिले हेर्ने हो भने नेपालको परिवेशमा दिनानुदिन बाल हिंसा र बलात्कार जस्ता घट्नाहरु घटिरहेको छ । तर समाधानको लागि कुनै खालका कार्यहरु अघि सारेको देखिदैनन् ।

कंचनपुरका तेह्र वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यालाई हेर्ने हो भने अहिलेसम्म पनि पिडित परिवारले न्याय पाएका छैनन् । विभिन्न संसस्थाहरुले यस घट्नालाई लिएर सडकमा आन्दोलन गर्दै उत्रियता पनि अहिलेसम्म हत्यारालाई पत्ता लगाउन सकेको छैन । न्यायको लागि सडकमा उत्रियता पनि नेपाल प्रहरीको प्रयोग गरि सडकवाट नै गिराफतार गरि विभिन्न सजाय दिने गरेका छन् । यस घट्नालाई अनुसन्धानको लागि समिति तयार गरेर कार्य अगाडी सारेता पनि अहिलेसम्म हत्यारा हत्यारा पत्ता लागेको छैन ।

न्यायको लागि निर्मला पन्तका बुबा आमा काठमाडौंसम्म आएर न्याय खोजिरहदा पनि सरकारले वेवास्ता गरिरहेको देखिन्छ । नेपालको राष्ट्रपति महिला भएपनि एउटा महिला बलात्कार पछि हत्या हुँदा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । अनि विभिन्न कार्यक्रमहरुमा बालबालिकहरु भनेको भोलिको कर्नादर भन्दै भाषण गर्दै बालबालिकको अधिकारको लागि सधै हामी लागिरहनेछु भन्दै भाषण गर्ने गर्छन् । तर अहिले विभिन्न ठाउँहरु छ महिना देखि वृद्धासम्म बलात्कारको सिकार बनेका छन् । बलात्कार पछि हत्या भएका घट्नाहरु धेरै देखा परेका छन् । तर पनि यो घट्नालाई न्यूनीकरण गर्न सकिरहेका छैनन् । हत्यारालाई सजाय दिन सकेका छैनन् ।

नेपालमा दिनहुँदिन घटिरहेको बलात्कार, हत्या, हिंसाहरुलाई अन्त्य गर्नको लागि भाषण मात्र होइन । संबिधानमा लेखिएका कानुनहरु पनि कार्यन्वयन गर्न आवश्यक रहेको छ । त्यस्तैगरी बालबालिकामाथि यसरी दिनानुदिन घटिरहेको हिंसा, दुव्र्यवहार, बलात्कार रोक्नको लागि प्रहरी, नागरिक समाज, घर परिवार तथा व्यक्ति आफै एकजुट हुनुपर्छ । बलात्कार गर्नेलाई सजाय दिने र पिडितलाई न्याय दिने गर्नुपर्छ । यस विषयमा सरकार पनि सचेत हुनु जरुरी देखिन्छ ।

यो पनि पढ्नुहोस्

हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !