१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै


KP Sharma Oli केपी शर्मा ओली
राम मगर
  राम मगर

केपी शर्मा ओली नेपालको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष हुन् । नेपालको प्रधानमन्त्री जस्तो गरिमायम पदमा हुँदा पनि नेपाली जनताहरुले उनको कार्यशैली र अभिव्यक्तिप्रति धेरै आलोचना गर्दै आएका छन् । उनी यसअघि २०७२ मा पहिलो पटक प्रधानमन्त्री हुँदा केहि हदसम्म जनताको मन जित्न सफल भएका थिए । वाम गठबन्धनवाट उनी दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । दुई तिहाईको बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएर पनि नेपाली जनताको अपेक्षा अनुसारको काम देखाउन नसकेको कारणले प्रतिपक्ष दलदेखि सर्वसाधारण जनताहरुले उनको आलोचना गर्दै आएका छन् ।

नेपालका दुई ठुला दल एमाले र माओवादी केन्द्र एकता भएसँगै धेरै नेपालीहरु हर्षित भएका थिए । अब नेपालले नँया युग लिनेछ र अबको यो वाम गठवन्धनको सरकारले देशमा आमुल परिवर्तन ल्याउने छ भन्ने ठुलो आशा र भरोशा गरेका थिए । प्रधानमन्त्री ओलीले नँया युगको सुरुवात र देशमा आमुल परिवर्तन आउने छ भन्दै धेरैचोटी भाषण गर्दै आएका छन् । विभिन्न कार्यक्रमहरुमा भाषण गर्दै उखान टुक्रा सुनाउँदै आम सर्वसाधारण जनताहरुलाई मख्ख पर्दै आएका छन् । तर उनका अभिव्यक्तिहरु सुनेर पछिल्लो समयमा उनलाई धेरै जनताहरुले आलोचना गर्दै आएको पाइन्छ । जुनसुकै ठाउँको कार्यक्रममा उनको अभिव्यक्ति सुनेर नहाँस्ने र आलोचना नगर्ने मानिसहरु शायद कमै पाइन्छ ।

विशेषगरी निर्मला पन्तको विषयमा लिएर आलोचना बढेको देखिन्छ । देशमा दिनदिनै बलात्कार जस्ता जघन्य घट्नाहरु घटिरहेको छ । तर यसलाई न्यूनीकरण गर्न त के घट्नामा संलग्न र बलात्कार को हो भन्ने पत्ता लगाउन सकेको छैन । त्यतिमात्र नभईकन भर्खरै मात्र नयाँ युगको आरम्भ भन्दै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । नयाँ युगको आरम्भ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो काठमाडौं शहर भित्रका पोल र भित्तामा टासेर राखिएको पाइन्छ । यस विषयलाई लिएर विभिन्न संचार माध्यमहरुले पनि धेरै आलोचना गरेका छन् । नँया युगको सुरुवात भन्दै आफ्नै फोटो भित्ता र पोलमा टासेर नेपाली जनताहरुलाई चमात्कार नै देखाएको छ । राम्रो काम गरेको उपलक्ष्यमा नेपाली जनताहरुले फोटो टास्न पर्ने ठाउँमा नेपाल सरकार आँफैले टासेर हासोको पात्र बन्दै आएको छ ।

त्यस्तैगरी भर्खरैमात्र प्रधानमन्त्री ओलीलाई युनिभर्सल पिस फाउन्डेसन (युपिएफ)ले ‘नेतृत्व र सुशासन पुरस्कार’ दिइएको छ  । यस कार्यक्रममा विभन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्च पदाधिकारीहरू पनि नेपाल आएका थिए । तर सम्मेलन समापनको अवस्थासम्म पुग्दा उक्त सम्मेलन विशुद्ध धार्मिक सभाका रूपमा परिणत भएपछि नेपाल विवादमा फसकेको छ । यस  युनिभर्सल पिस फाउन्डेसनको नेपाल संयोजक एकनाथ ढकाल तथा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको सक्रियतामा आयोजना गरिएको सो कार्यक्रममा संस्थाकी संस्थापक जक जा हान मुनले सयौँ उच्चपदस्थ तथा स्थानीय निकायका प्रतिनिधिको जोडीलाई समेत पवित्र ‘होली वाइन’ खुवाउँदै आशिर्वाद दिएका थिए ।

सम्मेलन सुरु हुनुभन्दा पहिले संस्थाले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारलाई सहआयोजक भनिए पनि व्यापक विरोधपछि सहआयोजकको सूचीबाट सरकारको नाम हटाइएको थियो । तर कार्यक्रममा सरकारको भूमिका आयोजककै जत्तिको थियो । नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ । प्रधानमन्त्रीले यो पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । तर नेपालको लागि यो यति नै लज्जास्पदको विषय भएको छ । पछिल्लो समय कु-शासन र खराब नेतृत्वका कारण आलोचित भइरहेको बेला यो पुरस्कार लिनु सरकारको बेइज्वत भइरहेको पाइन्छ । धर्म प्रचारक संस्थाले दिएको पुरस्कार कार्यक्रममा नेकपाकै पोलिव्युरो भित्रका नेताहरु उक्त कार्यक्रममा सहभागिता थिएन । सम्पूर्ण नेकपाका शिर्ष नेताहरुलाई उक्त समारोहमा बोलाएतापनि अन्य नेताहरु उपस्थिति भने थिएन । यस विषयवाट पनि प्रधानमन्त्री ओली आलोचनाको शिकार भएका छन् ।

कुनै भित्ता र पोलमा फोटो टास्दैमा नेपाली जनताहरु खुसी हुने होइन र देशमा विकास आउने होइन । यदि राम्रो काम र देशमा विकास ल्याउने हो भने, नेपाली जनताहरु आफै हर्षित भएर त्यो भित्ता र पोलमा फोटो टाँस्ने थियो र आम जनताले आफ्नो मन मुटुमा सजाउने थियो । कुनै नँया काम गर्छु भन्दै आफै प्रचार-प्रसार गर्नुभन्दा देशमा विकास गरेर देखायो भने आफै प्रचार-प्रसार हुनेछ । आम जनताहरुले प्रचार-प्रसार गर्नेछ । जनताहरुको आलोचित हुने होइन । सधै राम्रो काम र विकास गर्ने हो भने सरकारको आलोचना होइन सधै प्रशंसा हुनेछ ।

देशमा विकास ल्याउनको लागि सर्वप्रथम त व्यक्तिगत स्वार्थको लागि होइन । देश र जनताको हितको लागि राजनीति गर्नुपर्दछ । भ्रष्टाचारलाई अन्त्य गर्नुपर्दछ । बलात्कार जस्ता जघन्य घट्नाहरुलाई न्यूनीकरण गर्नुपर्दछ । पिडितलाई न्याय दिनुपर्दछ र बलात्कारलाई सजाय दिनुपर्दछ । नेपालमा भएका सांस्कृतिक सम्पदाहरुलाई संरक्षण गरी पर्यटकहरुलाई आकर्षित गर्नुपर्छ । उद्योग कलकारखानाहरु बन्द होइन संचालन गर्नुपर्छ । नेपालमा भएका नदीहरु भारतलाई बेच्ने होइन । आँफै प्रयोग गरी विधुतहरु उत्पादन गर्नुपर्छ । आफ्नै देशमा सीप र योग्यता अनुसारको रोजगार दिलाउनुपर्छ अनि मात्र देश विकास हन्छ ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

के निर्मलाले न्याय पाउलिन त ?

सरकारको मौनताले न्याय खोज्दा निर्मलाका बुवाको गुम्यो मानसिक सन्तुलन

के वाम गठवन्धनको सरकारले जनताको मन जित्ला त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !