७ बैशाख २०८१, शुक्रबार

कहिले आउला मेलम्चीको पानी काठमाडौँमा ?


Melamchhi
ram
राम मगर

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी दशैँ भन्दा अगाडी नै काठमाडौं आइपुग्ने भनेतापनि दशैँ सकिएको दुई महिना वितिसक्दा पनि अहिलेसम्म आएको छैन । खानेपानी मन्त्री बीना मगरले दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंको बासिन्दाले पिउन पाउनेछन् भन्दै भाषण गरेकी थिईन । तर अहिले यो विषय विवादमा फस्दै आएको छ ।

मेलम्ची खानेपानी योजना आयोगको इटालीयन निर्माण कम्पनी सिएमसीले गत १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारी सहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो । ठेकेदार कम्पनी सिएमसीले तलब भत्ता लगायतका पारिश्रमिक नदिई भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका थिए । यस विषयमा निरन्तर कुरा उठ्दै आएपछि खानेपानी मन्त्री बीना मगर निकै दवावमा परेकी थिइन् । तर अहिले मेलम्ची खानेपानी ठेकदार तथा इटाली सरकारसँग कूटनीतिक पहल गर्न सफल भएपछि ठेकदारले काम नरोक्ने बाचा गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

१९९८ मा शुरु भएको मेलम्ची खानेपानी आयोजना आज २१ वर्ष पुग्न लागिसक्दा पनि अहिलेसम्म यो योजनाले कुनै पूर्णता पाएको देख्दैन । १७ करोड लिटर दैनिक काठमाडौंमा पानी ल्याउने योजनाका साथ शुरु गरिएको थियो ।  १९९८ देखि सिसिआरसि कम्पनिले काम गर्दै आएको थियो । २०१२ मा फेरी रद्ध भएको हो । त्यसपछि फेरी १०१३ मा अर्को सिएमसि कम्पनिसँग सम्झौंता भएको थियो । २०१३ मा मेलम्ची खानेपानी योजना सम्झौंता भएतापनि विभिन्न समस्याले गर्दा २०१४ मा काम शुरु गरेको थियो । काम शुरु भएदेखि केहिसम्मा काम भए लगतै २०१५ मा आएको महाभूकम्पले अवरोध भएको थियो । भूकम्पको कारणले गर्दा एक वर्षसम्म उक्त योजना त्यतिकै थन्किएको थियो । त्यसपछि आएर २०१७ देखि शुरु भएको हो ।

गत असारमा मेलम्चीको पानी दशैँ अगाडी नै सुन्दरीजलमा खसाल्ने गर्ने शर्तसहित निर्माण व्यवसायीसँग सहमति भएतापनि निर्माण कम्पनी सिएमसीले तोकिए बमोजिमको काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । गत चैत २७ गते नै आयोजनाको कूल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो ।

उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरुले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै रु एक अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो । निर्माण व्यवसायीको मागमध्ये परामर्शदाता स्फ्टेशाको सिफारिशमा रु २८ करोड थप रकम दिइसकेको छ । तर उसले थप रकम पाउनुपर्ने भन्दै शर्त राखेर सुरुङ मर्मतको काम रोक्दै आएको थियो । निर्माण व्यवसायीलाई सरकारले हालसम्म रु सात अर्ब ८० करोड भुक्तानी गरिसकेको छ । तर मेलम्ची खानेपानी योजना हो भने अहिलेसम्म अन्यौलमै छ ।

नेपालकै राजधानी काठमाडौंमा पानीको समस्या हेर्ने हो भने निकै नै नाजुक रहेको छ । खानेपानीदेखि नुहाउन, कपडा धुन, खातखुट्टा धुनसम्म किनेर काठमाडौंका वसोवास गर्ने वासिन्दाहरुले आफ्नो जीवनयापन गरिरहेका छन् । विभिन्न सेवा सुविधाले सम्पन्न भएतापनि यो काठमाडौं शहरमा खानेपानीवाट निकै नै गरिव देखिन्छ । विहान वेलुका छाक टार्नलाई धौंउधौंउ हुने श्रमजीवीहरुको लागि त झन निकै नै समस्या देखिन्छ । तर मेलम्ची खानेपानी योजनाको विषयमा सरकार भने मौन देखिन्छ ।

आफ्नो सुन्दर सपना बोकेर लाखौं विधार्थीहरु काठमाडौं शहरमा भित्रिने गर्छन् । त्यतिमात्र नभईकन विदेशी पर्यटकहरुको पनि पहिलो गन्तव्य स्थल पनि काठमाडौं नै हो । विधार्थीदेखि लिएर राजनीतिक दलका सबै नेताहरु, विभिन्न प्रदेशका प्रदेश सभामुखदेखि अन्य सांसदहरु, राजनीतिक विज्ञहरु र श्रमजीवीहरु पनि यहि काठमाडौं शहरलाई प्यारो शहर मानेर आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल पनि यहि रहेकोले गर्दा रोजगारको लागि अन्य देशहरुमा जानको लागि पनि सबै युवाहरु यहिवाट जाने गर्छन् ।

मेलम्चीको पानी दशैं अगाडी नै काठमाडौंका वासिन्दाले पिउन पाउनेछन् भन्दै निकै नै सक्रिय रहेकी खानेपानी मन्त्री अहिले अन्यौलमा छिन् । दशैं अगाडी मेलम्चीको पानी काठमाडौं आउछ भन्दै विभिन्न कार्यक्रममा भाषण गर्दै हिडेकी मन्त्री मगर अहिले इटाली निर्माण कम्पनी सिएमसीले गर्दा अन्यौलमा परेकी छिन् । वाम गठवन्धनको सरकार बने लगतै खानेपानी मन्त्री बनेकी मगर मेलम्ची खानेपानी दशैं अगाडी नै काठमाडौं ल्याइपुर्याउने विषयमा निकै लोकप्रियता बन्दै आएकी थिइन । तर दशैं वितेको दुई महिना भैसक्दासम्म मेलम्चीको पानी ल्याउन नसक्दा र ठेकदारको कारणले गर्दा उनी अहिले अन्यौलमा छिन् ।

पछिल्लो समयमा राजनीतिक दलका नेताहरु देखि प्रधानमन्त्री, मन्त्रीहरु विभिन्न कार्यक्रमको प्रमुख अथिति बन्न र भाषण दिनमा व्यस्त छन् । प्रत्येक कार्यक्रम गर्नको लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु नै चाहिन्छ । सबै कार्यक्रममा सहभागिता जनाउनलाई मन्त्रीहरु भ्याइनभ्याइ छन् । हरेक कार्यक्रममा बोल्दै गर्दा कुनै न कुनै कामको विषयलाई लिएर भाषण गरेकै हुन्छन् । यो क्षेत्रको लागि यस्तो विकास गर्छु । त्यस्तो विकास गर्छु भन्दै भाषण छाड्न व्यस्त हुन्छन् । तर काम हेर्ने हो भने विगत २० वर्षदेखिको मेलम्ची खानेपानी योजना अहिलेसम्म अलपत्र छ । मेलम्ची मात्र नभईकन अन्य विभिन्न कार्यहरु थालनी गरेर अलपत्रमा परेको धेरै छन् । तर सरकारले कुनै पनि काम दीर्घकालीन र छिटो गर्न सकेको छैन ।

मेलम्ची खानेपानी काठमाडौंमा छिटै ल्याउनको लागि भाषण गरेर मात्र हुँदैन । काम छिटो गर्न र गराउनको लागि नेपाल सरकारले सम्बन्धित निकाय वा ठेकदार कम्पनीसँग निश्चित समय निर्धारित गरेर काम सम्पन्न गर्नलाई लिखितसहित सम्झौंता गरी काम अगाडि बढाउनुपर्दछ । यदि तोकिएको समयमा उक्त काम पुरा गर्दैन भने नियम अनुसार कारवाही गर्नलाई तत्पर रहनुपर्छ । निर्धारित समय तोकिएपछि अझै म्याद थप्दै निर्माण कम्पनीलाई साथ दिदै गइयो भने मेलम्चीको खानेपानी काठमाडौंका वासिन्दाले पिउन अझै धेरै समय लाग्नेछ ।

*राम मगर नेपालपत्रका समाचार सम्पादक हुन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै

के निर्मलाले न्याय पाउलिन त ?

सरकारको मौनताले न्याय खोज्दा निर्मलाका बुवाको गुम्यो मानसिक सन्तुलन

के वाम गठवन्धनको सरकारले जनताको मन जित्ला त ?

कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार

राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित

कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !