कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार

ram

  राम मगर

हामी लाखौं रुपैयाँ खर्च गरेर पढिरहेका हुन्छौं । हाम्रो वावा-आमाले रातदिन घास-दाउरा गर्दै गाउँमा घामपानी नभनीकन खसी पालेर हुन्छ कि गाई भैंसीको घीउ बेचेर हुन्छ । जसोतसो छोराछोरीलाई पढाइरहेका हुन्छन् । गाउँको त्यो भीरपाखा नभनीकन एक्लै काम गर्दै छोराछोरीले पढेर केहि गर्लान् कि भन्दै पढाउन घर भन्दा बाहिर कोठा भाडा तिर्दै राखेका हुन्छन् । जसोतसो ऋण काट्दै स्नातकोत्तरसम्म पढाएका हुन्छन् । कति सपना बुनेका ति वावा-आमा छोराछोरीले पछि वुढेसकालको सहारा हुन्छकि भन्दै पढाई रहेका हुन्छन् ।

तर विडम्बना हाम्रो देशको परिस्थिति कस्तो छ भन्ने कुरा के थाहा ? ति क लेख्न नजान्ने वावा-आमालाई ! आफ्नै देशमा केहि गर्छु भनेर लाखौं खर्च गरेर पढेको हुन्छ तर हामीले पढेको शिक्षाको सहि सदुपयोग भएको हुँदैन । एउटा स्नातकोत्तर पढिसकेको व्यक्तिले पनि काम पाइरहेको हुँदैन । स्नातकोत्तर पास गरेर पनि नचाहदा-नचाहदै पराइ भूमि जान वाध्य भएका हुन्छन् । पढेर केहि गर्छु भन्नेहरु अहिले मलेसिया, साउदी, कतार, दुवाई, कुवेत जस्ता खाडी मुलुकहरुमा भाडा माझ्नलाई जान वाध्य भएका छन् ।

लाखौं युवाहरु वेरोजगारको कारणले गर्दा विदेशिन वाध्य भएका छन् । त्यतिमात्र नभई कति नेपालीहरु ज्यान पनि गुमाइरहेका छन् । अहिलेको अवस्थामा हेर्ने हो भने, धेरै नेपाली युवाहरु अमेरिका, कोरिया, अस्ट्रेलिया र जापान जानको लागि लाखौं पैसा खर्च गरेर भाषा सिकिरहेका हुन्छन् । आखिर खोइत स्नातकोत्तर पास गरेको शिक्षाको सहि सदुपयोग, कहाँ गए ति स्नातकोत्तर तह पास गरेको  सर्टिफिकेटको काम । आखिर यसरीनै अरुको भाषा पढेर जानै थियो भने, किन समावेश गराएन हाम्रो शिक्षामा ति कोरियन, जापानी भाषाको पाठ्यक्रम ? आखिर किन नेपाली युवाहरुलाई अरुको भूमिमा बेच्छन् ? आफ्नै देशमा भएको लाखौं युवाशक्ति बेचेर कसरी वनलान त नेपाल ? त्यहि खाडी मुलुकमा नेपाली युवाहरुलाई बेच्नै थियो भने किन अव्यवहारिक शिक्षाको प्रणाली वनाउछन् । किन वनाएनन् व्यवहारिक शिक्षा प्रणाली ? सरकारी जागिरको लागि जम्मा एउटा क्षेत्रवाट एउटा अंचलमा ५ जनाको कोटा खुलेको हुन्छ । त्यसमा आवेदन दिनेहरुको संख्या जम्मा दश बाह्र हजार जना हुन्छन् । कति जनाले निकाल्ने त्यति कोटामा नाम । किन हुँदैछ यसरी अव्यवहारिक शिक्षाको प्रणाली ?

लाखौं वेरोजगार युवाहरुलाई कसले दिने जागिर । आखिर यस्तै हो भने किन यो अव्यवहारिक शिक्षा प्रणालीको पाठ्यक्रम किन वनाउछन् । देश वनाउछु भनेर भोट माग्न आउने नेताहरु, जितिसके पछि त्यो गाउँमा फर्केर जाँदैनन् । चिल्लो गाडी चढ्न पाएपछि ति जनताको समस्या र जनता सँग गरेको त्यो वाचा कहाँ याद आउछन् त । नेताहरुमा कैले सम्ममा वन्लान त यो धारणा ताकी नेपालमा पनि व्यवहारिक शिक्षा प्रणाली आवश्यक छ भन्ने कुरा । कैले होला त हाम्रो शिक्षाको सम्मान र सहि सदुपयोग । हामीले पढेको शिक्षाको तह अनुसार काम कहिले होला त । हामीले त्यो पराइ भूमिमा गएर अरुले खाएको भाडा माझ्नको लागि पढेका होइनन् । त्यसैले गर्दा शिक्षाको तह अनुसार उचित सम्मान हुनुपर्छ । व्यवहारिक शिक्षाको पाठ्यक्रमको लागु गर्नुपर्दछ । आम युवाहरु अरुको देशमा जान नपरोस् र आफ्नै देशमा शिक्षाको तह अनुसार उचित खालको सम्मान होस् ।

यो पनि पढ्नुहोस् 

कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर