७ बैशाख २०८१, शुक्रबार

हेर्दाको डाल देशको राजधनी, ढिडोको काल काठमाडौँ


kathmandu City from Jama chowk
राम मगर
 राम मगर

नेपालको राजधानी भनेर काठमाडौंमा लाखौं मानिसहरु बसोबास गर्छन् । सुन्दा जति राम्रो र ठुलो शहर काठमाडौंमा लाखौंको मानिसहरु भविष्यको सपना बोकेर पढ्न आउने गर्छन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रसभाको अध्यक्ष जस्ता सम्माननीय व्यक्तित्वहरुदेखि लिएर सडकमा सुत्ने, मजदुरहरु पनि यहाँ नै बस्छन् । विदेशी कुटनीतिक निकायका प्रमुखहरुदेखि बिदेशी प्रर्यटकहरु पहिला यहाँ नै आउछन् । जतिसुकै ठूलाठूला व्यक्तिहरुदेखि लिएर सामान्य व्यक्तिहरु पनि यहाँ नै छन् ।

काठमाडौं शहरको भौगोलिक वातावरण

विशेषगरी काठमाडौं शहरको भौगोलिक वातावरण हेर्ने हो भने निकै परिवर्तनशील रहेको छ । यस काठमाडौं उपत्यकामा कहिले पानी पर्छ त कहिले घाम लागिरहन्छ । यस काठमाडौं शहरको जाडो मौसमको तापक्रमलाई हेर्ने हो भने कहिले माइनस दुई डिग्रीसम्म पनि पुगेको हुन्छ र गर्मीको समयम हेर्ने हो भने ३७ डिग्रीसम्म पुगेको हुन्छ । जाडो मौसममा निकै नै जाडो हुने गर्छ । तर अर्को दु:खको कुरा के छ भने पेटीहरुमा दुर्गन्धित फोहोरहरु थुपारी राखेका हुन्छन् । जहाँ पायो त्यहि फोहोरहरु फाली राखेका हुन्छन् । त्यी फोहोरहरुसँगै आएको दुर्गन्धित अक्सिजन हामीले लिइरहेका छौं । त्यतिमात्र नभई त्यहि धुलोधुँवा सहितको तरकारीहरू हामीले खाइरहेको हुन्छ । तर कसैले ख्याल गरिरहेको हुँदैन कि हामीले यो तरकारी कस्तो ठाउँवाट ल्याइएको छ भन्ने कुराहरु ?

विशेषगरी काठमाण्डौमा पैदल यात्रा गर्नेहरुको लागि धेरै समस्या रहेको छ किनकि सडकको पेटीहरुमा अनेक खालका दुर्गन्धित फोहोरहरु फालिराखेको हुन्छ । यात्रा गर्न सम्म नसक्ने र माक्स लगाएर हिड्दा सास फेर्नसम्म नसक्ने परिस्थिति सिर्जना भएको छ । विभिन्न कारखानाहरुवाट निस्किएका दुर्गन्धित धुँवाहरुको पनि उचित व्यवस्था भएको छैन । नेपालको राजधानी भएर अन्य सवैखालका सेवा सुविधाले भरिपुर्ण भएतापनि यो काठमाण्डौ सहर वातावरणको हिसावले धेरै नाजुक रहेको छ ।

काठमाडौं शहर भित्रको सडकको अवस्था

चीन सरकारको करिब पाँच अर्ब रुपियाँ अनुदान सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार भएको छ । वर्षौंदेखिको यो आयोजना गतवर्षमा सम्पन्न गरेको छ । तर कलंकीको ‘अन्डरपास’ भने केहि महिना अगाडी मात्र संचालनमा आएको छ । काठमाडौं शहर भित्रका सडकहरु अन्य पहाडी क्षेत्रको भन्दा राम्रै छ । तर यस शहर भित्रको चक्रपथ परिक्रमा सडकको कालोपत्रे हो भने वर्षदिनको दशैंमा जसरी नयाँ-नयाँ लुगा फेरिन्छ त्यसरी नै यहाँको सडकको कालोपत्र पनि फेरिरहन्छ । किन कि यहाँ सडक मर्मत गर्दा दीर्घकालीनको लागि भन्दा केहि दिनको लागि देखावटी र नँया आर्थिक वर्ष सुरु हुनुभन्दा केहि अगाडिदेखि मर्मत गर्न थाल्छन् । करोडौं रुपैयाँ बजेड आएको हुन्छ । तर त्यो बजेड अनुसार काम हो भने ५० प्रतिशत पनि हुदैन । २/४ महिनासम्म राम्रै हुन्छ । त्यसपछि कालोपत्र उक्किएर पहिलाको जस्तै अवस्थामा आउछ । यसको कारण राम्रोसँग कालोपत्र नहुनु र भ्रष्टाचार हो ।

शिक्षा र स्वास्थ्यको सेवा सुविधा

नेपालको राजधानी भएको कारणले गर्दा यहाँ शिक्षाको अवस्था र सुविधा निकै नै राम्रो रहेको छ । सरकारी विद्यालय, क्याम्पस र विश्वविद्यालयहरु सस्तो भएतापनि हुनुपर्ने जति गुणस्तर कायम हुन् नसकिरहेको अवस्था छ भने निजी स्कुल, कलेजहरु भने सर्वसाधारणको लागि एकदमै महँगो छन् । धेरैजसो स्कुल, कलेज र विश्वविद्यालयहरु यहाँ काठमाडौँमा केन्द्रित भएकोले आफुले चाहेको विषय छानेर पढ्न पाइन्छ । विभिन्न खालका प्राविधिक क्षेत्रको ट्युसनहरु पनि पढ्नलाई राम्रो सुविधा रहेको छ । जस्तैः लोकसेवा, शिक्षासेवा आयोगको लागि विभिन्न देश पढ्न जनाको लागि पनि कन्सल्टेन्सीहरुको प्रशस्त सुविधा छ ।

त्यस्तैगरी यस क्षेत्रको स्वास्थ्यको क्षेत्रमा हेर्ने हो भनेपनि निकै नै राम्रो खालको सेवासुविधा भएको हस्पिटलहरु छन् । विभिन्न खालका रोग सम्वन्धिका उपचारको लागि हस्पिटलहरु छन् । ठुल-ठुला घट्नाको चोटपटक भएको छ भने अन्य ठाउँ, क्षेत्रको हस्पिटलहरुले उपचार गर्न नसकेको उपचार यहाँ गर्न सक्ने क्षमता भएको हस्पिटलहरु छन् । सरकारी हस्पिटलहरु सस्तो भएतापनि बिरामीहरुको चापले गर्दा समयमा उपचार गर्न समस्या छ भने निजी हस्पिटलहरुमा चाँडो उपचार गर्न सकिएतापनि एकदमै महंगा छन् । धेरैजसो निजी हस्पिटलहरु त महँगो भएकोले गर्दा सर्वसाधारण नेपाली जनताको पहुच भन्दा माथि छन् ।

रोजगारीको अवसर

अन्य क्षेत्र भन्दा काठमाडौं सहरमा विद्यार्थीको लागि स-सानो रोजगारी अवसर र सुविधा रहेको छ । विद्यार्थीहरुले आफ्नो पढाईसँगै काम गर्दै आत्मनिर्भर भएर अघि बढ्न सक्ने थुप्रै रोजगारीका अवसरहरु र सुविधाहरु रहेका छन् । तर नेपाल सरकारले हो भने नेपालीहरुलाई नेपालीहरुको योग्यता, क्षमता र सिप अनुसार रोजगार दिलाउन सकेको छैन । लाखौं युवाहरु रोजगारको लागि अन्य देशमा जान वाध्य भएका छन् । अन्य देशमा रोजगारको लागि गएतापनि आफ्नो योग्यता अनुसार र काम गरेको आधारमा पारिश्रमिक पाइरहेका हुदैनन् । त्यतिमात्र नभई यहाँवाट गएका नेपालीहरुको जीवनको पनि सुरक्षा हुँदैन । कतिको अकालमै ज्यान गुमाइरहेका छन्  । त्यस्तैगरी काठमाडौं भित्रको कुरा गर्ने हो भने यहाँ विभिन्न खालका कामहरु छन् । नभएको होइन तर आफ्नो कमाईले एउटा परिवार पाल्नको लागि भने धेरै नै गार्हो छ यहाँ काठमाडौँ शहरमा ।

यहाँ सामान्य खालको रोजगारहरु पनि छन् । जस्तै सडकहरु बनाउने, घर बनाउने जस्ता कामहरु छन् । तर यो काम र रोजगारले कसैको परिवार पाल्नको लागि पुग्दैन । नेपालमा भएका उद्योग, कलकारखानाहरु वन्द गरेर हाम्रो देश नेपाल बिदेशीको भरमा बाँची रहेको अवस्था छ । यहाँ रोजगार दिलाउछु भन्दै पैसा उठाएर भाग्नेहरु पनि धेरै पाइन्छन् । विभिन्न होटलहरुमा पनि काम पाइन्छ । त्यतिमात्र नभई होटेलहरु, डान्स बारहरु र रेस्टुरेन्टहरुमा कामको लागि महिलाहरुमाथि गैरकानुनी रुपमा यौवन शोषण भई रहेको हुन्छ । त्यहाँ ग्राहकहरुलाई उनीहरुले चाहेको कुरा पुरा गर्ने र पैसामा आफ्नो शरीर बेच्ने कामहरु पनि अझै गैरकानुनी रुपमा भईरहेको छ । त्यस्तैगरी पेसाको लागि त्यस्तै गर्ने महिलाहरु पनि पाइन्छन् । विशेषगरी काठमाडौंको रत्नपार्क, ठमेल अन्य क्षेत्रहरुमा यस्ता कार्यहरु भइरहेका हुन्छन् ।

काठमाडौं सहरको महंगी

यस क्षेत्रमा महंगीको कुरा गर्ने हो भने अन्य सहरहरु भन्दा निकै नै धेरै रहेको छ किनभने यहाँ विशेषगरी कोठा भाडा निकै नै महँगो रहेको छ । एउटा सामान्य कोठालाई पनि महिनाको ५ हजार भन्दा कममा पाइँदैन । मेन सडकदेखि भित्रको क्षेत्रमा कम्तिमा पनि ५ हजार लाग्छ । त्यो भन्दा कमिको कोठाहरु नै पाइदैनन् । त्यस्तैगरी यहाँ आफ्नो कोठादेखि हिडेपछि हरेक कुराहरुमा पैसा लाग्छ । शौचालय बस्नको लागि पनि पैसा चाहिन्छ । कुनै एउटा सामान्य कुराहरु पनि किन्नलाई पैसा नै चाहिन्छ किनकि यहाँ गाउँघर तिरको जस्तो सहयोग गर्ने चलन छैन । एक घरले अर्को घरलाई समस्या पर्दा सहयोग गर्ने खालको चलन छैन । सहरमा स्वार्थी मानिसहरुको बाहुल्यता छ । न यहाँ कसैले कसैको समस्या नै बुझ्छ । न कसैले कसैलाई मतलव नै गर्छ । आ-आफ्नै तरिकाले हिडिरहेका हुन्छन् । सडकमा कतिपय व्यक्तिहरु खान नपाएर हिडिरहेका हुन्छन् । तर कसैले खान, लगाउन दिदैनन् । कसैको सहयोग गर्नुपर्छ भन्ने भावना छैन ।

राजनीतिक चहलपहल

राजनीतिकको चहलपहल यस क्षेत्रमा निकै नै ठुलो रहेको छ । नेपालमा भएका जति सबै राजनीतिक दलका नेताहरु यहि बसोवास गर्छन् । पछिल्लो समयमा प्रदेशका प्रदेशसभा सदस्यदेखि प्रदेश मत्रीहरु पनि काठमाडौं धाउने गर्छन् किनभने हरेक सेवासुविधाले सम्पन्न भएको कारणले गर्दा पनि नेताहरु धाउने गर्छन् । चुनावको समयमा एकचोटी गाउँघरमा पुग्छन् । जब चुनाव जित्छ त्यसपछि एकचोटी पनि फर्केर गएका हुदैनन् । जनताहरुसँग गरेका ती वाचाहरु चुनाव जितेर सत्तामा पुगेर मन्त्री भएपछि अगाडी पछाडी सुरक्षा गार्डसहित चिल्लो गाडीमा हिड्न पाएपछि जनताहरुको समस्या र उनीहरुसँग गरेका बाचाहरु कहाँवाट याद आयोस् । त्यतिमात्र नभई यहाँ हरेक कामको लागि पनि राजनीतिक हुन्छ । कुनै कार्यालयमा काम गर्नको लागि पनि कुनै न कुनै पार्टीको झोला बोकेकै हुनुपर्छ । नत्र सम्भव छैन किनकि यहाँ आफ्नो पार्टीका कार्यकर्तालाई मात्र प्राथमिकता दिने गर्छन् । एउटा कुनै सामान्य व्यक्ति जसले कुनै पार्टीको झोला बोकेको छैन भने काम गर्नको लागि कुनै पनि क्षेत्रमा सम्भावना हुदैन ।

निष्कर्ष

देशको राजधानी महानगर भएरपनि सडकमा भएका खाल्टाखुल्टीहरु, धुलो धुवाँ र फोहरमैला भएको वातावरण, अव्यवस्थित शहरीकरण, मानवता नभएको चरम स्वार्थी र भौतिकवादी चरित्र भएका मानिसको बाहुल्यता, बिभिन्न बिकृतिहरु चोरी, ठगीका घटनाहरु भई रहने यो देश नेपालको राजधनी शहर काठमाडौँलाई हेर्दाको डाल देशको राजधनी, ढिडोको काल काठमाडौँ भन्न सकिन्छ । देशको राजधनी जस्तो ठाउँलाई संसारको नमुना राजधनी शहर काठमाडौँ कहिले होला ?

*राम मगर नेपालपत्रमा कार्यरत छन् । उनी राजनीतिक, सामाजिक तथा स्वास्थ्यको विषयमा कलम चलाउछन् ।

यो पनि पढ्नुहोस्

कहिले आउला मेलम्चीको पानी काठमाडौँमा ?

प्रधानमन्त्री ओलीको लोकप्रियता दिनप्रतिदिन घट्दै

के निर्मलाले न्याय पाउलिन त ?

वाइडबडी काण्ड : कारवाहीको लागि उपसमितिले सिफारिस गरेपनि ढिलासुस्ती किन ?

के वाम गठवन्धनको सरकारले जनताको मन जित्ला त ?

कहिले होला हाम्रो शिक्षाको सम्मान सरकार

राष्ट्रिय बालदिवस कार्यक्रममै सिमित

कहिले हुन्छ त काठमाण्डौ धुँवाधुलो मुक्त सहर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !