७ बैशाख २०८१, शुक्रबार

राजावादी र संघीयता विरोधीसँग ओलीको लगनगाँठो : प्रचण्ड


prachanda

काठमाडौं, ७ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संघियता मन नपरेको बताउने गरेको आरोप लगाएका छन् ।

आफूसँगका बैठक र मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संघियता मन नपरेको बताउने गरेको आरोप प्रचण्डले लगाए । ओलीको सम्बन्ध संघियता विरोधीसँग रहेको उनको आरोप छ । ओलीको लगनगाँठो राजावादी र संघियता विरोधीहरुसँग गाँसिएको गम्भिर आरोप प्रचण्डले लगाए ।

नेपालका पार्टीहरुले अव भद्र सहमतिको अभ्यास नगर्दा ठीक हुने धारणा राखेका छन् ।व्यस्थापिका संसदमा वोल्दै प्रचण्डले भद्रसहमतिले धेरै गडबडी निम्त्याएको उल्लेख गरे ।

‘भद्र सहमति हुनासाथ नराम्रो वातावरण तयार हुने स्थिति पैदा हुँदै आएको छ । त्यसैले नेपालका पार्टीले अव यो भद्र सहमतिको अभ्यास नगरेकै ठीक ’ प्रचण्डले भने ।

अर्थ मन्त्री विष्णु पौडेलले संसदमा सेता कुर्सि खाली नभएको र भरिएको भन्दै वोल्ने क्रममा खुसी व्यक्त गरेका थिए । त्यसप्रति कटाक्ष गर्दै प्रचण्डले प्रश्न गरे, ‘सरकार विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि मात्र किन संसदका कुर्सि भरिए ? त्यो अवस्था किन पहिले आउन सकेन ?’

पौडेलले आन्दोलनरत मधेशी दलका नेताहरु धेरैपछि संसदमा उपस्थित भएको तर्फ संकेत गरेका थिए । प्रचण्डले उनीहरु धेरैपछि संसदमा उपस्थित हुनु नै बिडम्बना भएको उल्लेख गरे । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत कटुता नभएको उल्लेख गरे ।

ओली र आफूहरुबीच सोंचमा गम्भिर अन्तरविरोध भएको भएको उल्लेख गरे । ति सोंच नौ महिनाको बीचमा थप गम्भिर हुँदै गएको उनको भनाइ छ ।
काम गर्ने शैलीमा पनि गम्भिर अन्तर विरोध हरु देखाएको परेको प्रचण्डले उल्लेख गरे । ओलीसँग भएका समिकरणलाई अवमूल्यन गरेको उनले बताए । माओवादीलाई उपयोग गर्न खोजेको उनले आरोप लगाए ।

ओलीमा सेल्फ सेन्ट्रीक (व्यक्ति केन्द्रीत) भावना देखिएको प्रचण्डको आरोप छ । ओलीमा दम्भ र अहंकार देखिएको उनले आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !