२६ बैशाख २०८१, बुधबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने


नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति घोषणा चैत २८ गते गरेका हुन् ।

उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए । नियमावली बमोजिम उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !