१२ असार २०८१, बुधबार

राष्ट्रियसभामा आजबाट प्रिबजेट छलफल शुरु


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभामा आजबाट आगामीआ.ब.२०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता(प्रिबजेट) माथि छलफल शुरु भएको छ ।

आ.ब. २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथिको छलफलमा भागलिंदै नेकपा (माओवादी केन्द्र) का सांसद हरिराम चौधरीले अर्थतन्त्र व्यापक रुपमा खस्कँदै बिषयमा सरकारले ध्यानदिनु पर्ने बताउँदै मुलुकबाट डाक्टर, नर्स र प्राविधिक शिक्षा हासिलका लागि बाहिरिने विद्यार्थीहरुका कारण समेत अर्थतन्त्रमा नकारात्मक असर परेको बिषयमा सरकार गम्भिर बन्नु पर्ने बताएका थिए ।

सांसद चौधरीले निजी क्षेत्रलाई विश्वासमालिंदै उद्योग धन्दालाई व्यवस्थितिगर्न नसकेसम्म अर्थतन्त्र नसुध्रिने तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा भागलिंदै नेकपा(एमाले) का सांसद देबेन्द्र दाहालले नयाँ बजेटले गठबन्धनका मन्त्री र पहुँचवाला सांसदहरु भन्दा बाहिर पनि आगामी बजेट जाला?, लघुबित्त, मिटर व्याज पीडित र सहकारी पीडितलाई आगामी बजेटले सम्बोधन गर्न सक्छ कि सक्दैन ?भनी प्रश्न गरेका थिए ।

आगामी आ.ब.का लागि अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता भएको भनी आलोचना गर्दै सांसद दाहालले सरकारको गन्तव्य पुँजीवाद हो कि समाजवाद हो त्यो पछि छुट्टिन नसेकेको, आफ्नै स्वार्थका लागि भएपनि विदेशीहरु नेपालमा लगानी गर्न आउने दावी गर्दा सरकारलाई त्यसतर्फ चिन्ता नगर्न आग्रह गरेका थिए ।

उनले राष्ट्रिय पुँजी बृद्धि गर्न आद्योगिकरणलाई जोड दिनु पर्ने भएपनि सरकारले आगामी बजेटमा विद्युत व्यापारलाई मात्र जोड दिएको देखिएको भन्दै सिद्धान्त र प्राथमिकताको आलोचना गरेका थिए ।

प्रिबजेट छलफलमा भाग लिंदै नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले बर्षे अधिवेशनको लागि हिउँदे अधिवेशनमा नै प्रिबजेट छलफल हुनु स्वागतयोग्य रहेको बताउँदै सांसदहरुको सुझावलाई आगामी बजेटमा कार्यान्वयन गर्दा सरकारलाई नै राम्रो हुने बताएका थिए ।

१६ औं पञ्चबर्षिय योजनाको शुरुआती बजेट भएकाले पनियसको जगबसाल्ने गरी नयाँ बजेट आउनु पर्ने बताउँदै सांसद पन्थले आगामी बजेट मार्फत संघीयताको कार्यान्वयन हुने, सुशासन कायम हुने स्पष्ट खाकाआउने, सामाजिक न्याय दिने, प्रादेशिक लगायत सबै हिसाबले सामानुपातिक बजेट जाने व्यवस्था गरिनुपर्ने विषयमा सरकारलाई सुझाव दिएका थिए ।

छलफलमा भाग लिंदै नेकपा(एकीकृत समाजवादी) का सांसद सिंगबहादुर विश्वकर्माले आगामी बजेट उत्पादिनशीलर आर्थिक प्रगतिमुखी हुनुपर्ने सुझाव दिंदै बैदेशिक रोजगारबाट फर्केकायुवालाई शिपप्रदान गरी रोजगारी प्रदानगर्ने विषयमाआगामी बजेटले सम्बोधनगर्नु पर्ने धारणा राखेका थिए ।

उनले आगामी बजेटले जनताका मौलिक हक प्रदान गर्ने र दलित समुदायको पेशा–व्यवसायलाई समे्त ध्यान दिनु पर्ने बताए ।

नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापा पार्वतीले सार्वजनिक सेवाप्रवाहमा सरकारलाई गम्भिर बन्न आग्रह गर्दै अझैसम्म पनि नेपालीले मौलिक हक प्राप्त गर्न नसकेकाले आगामी बजेट त्यस बिषयमा ध्यान दिँदै ल्याइनु पर्ने बताएकी थिइन् ।

आगामी आ.ब.को बजेटको सिद्धान्त र प्राथमिकताले जनताका मौलिक हक अर्थात् स्वास्थ्य, शिक्षा र रोजगारीलाई ध्यानदिनु पर्नेमा सरकारले विद्युत व्यापारलाई बढि जोड दिएको देखिएको भन्दै सांसद पार्वतीले आलोचना गरेकी थिइन् ।

आजको प्रिबजेट छलफलमा सांसदहरु खिमलाल देवकोटा, डा.बिमला राई पौड्याल, महेशकुमार महरा, कुमार दसौदी, अनिता देवकोटा, इन्दु कँडरिया, भैरबसुन्दर श्रेष्ठ, रामचन्द्र राई, बिना पोखरेलले समेत बोल्दै आगामी बजेटका सन्दर्भमाआ–आफ्नो सुझाव सहित सभाध्यक्षमार्फत अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । प्रिबजेट छलफल आगामी बैठकमा पनि जारी रहने भएको छ ।

यसैबीच, राष्ट्रिय सभाको आजको बैठकमा आफ्नो ६ बर्षे कार्यकाल समाप्त गरी यही फागुन २० गतेदेखि राष्ट्रिय सभाबाट बिदा हुन लागेका सांसदहरुले आफ्नो कार्यकालको अनुभव लगायत बिषयमा धारणा समेत राखेका थिए ।

आफ्नो अनुभवबारे प्रकाश पार्दै सांसदहरु ईन्दू कँडरिया, कुमार दसौदी, डा.खिमलाल देवकोटा, दिपा गुरुङ, दिलकुमारी रावलथापापार्वती, नरपतिलुवार, प्रकाशपन्थ, महेशकुमार महरा, सिंगबहाुदर विश्वकर्मा र हरिराम चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘स्थानीय तहको कानून निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८०’ र ‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथाव्यावसायिक वातावरण प्रबद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा बोल्दै समसामयिक विषमया राष्ट्रिय सभाका अध्यक्षमार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । राष्ट्रिय सभाको अर्को बैठक भोलिफागुन १८ गते मध्यान्ह १२ बजेर ९ मिनेटमा बस्नेगरी आजलाई स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !