२० बैशाख २०८१, बिहिबार

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त


पद्मप्रसाद पाण्डेय

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको जानकारी दिइन् ।

सचिव प्रतिनिधिसभाको पदबाट दिएको राजीनामा स्वीकृत गरेपछि महासचिवका लागि भएको सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । पाण्डेयले सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले सो राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।

गत मंसिर २५ गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

यो पनि पढ्नुहोस्

पाण्डेयलाई संसद्को महासचिव नियुक्त गर्न सभामुख र अध्यक्षद्वारा राष्ट्रपतिलाई स्मरण

संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

प्रतिनिधिसभा र राष्ट्रियसभा सचिवमा पाण्डेय र अर्याल नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !