२३ बैशाख २०८१, आइतबार

जनमत पार्टीको सचिवालय बैठक सुरु


जनमत पार्टीको सचिवालय बैठक सुरु

काठमाडौँ । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।

बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ ।

बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !