२५ बैशाख २०८१, मंगलबार

दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्न जनमोर्चाको प्रस्ताव


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्न प्रस्ताव गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दैै पौडेलले मनोनित गर्न प्रस्थाव गरेका हुन् ।

“हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनित हुने राष्ट्रियसभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ, “त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रियसभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।”

आगामी फागुन २१ गतेबाट राष्ट्रियसभामा मनोनित सदस्य विमला राई पौडेलको पदावधि सकिँदैछ । रिक्त स्थानमा पौडेललाई मनोनीत गर्न राजमोले आग्रह गरेको हो ।

राष्ट्रियसभाको आगामी चुनावमा गठबन्धका सबै उमेदवारलाई विजय बनाउन राजमोले अपिल गरेको हो । जनमोर्चाले राष्ट्रिय सभाको आगामी चुनावमा गठबन्धन पक्षधर सबै उम्मेदवारहरूलाई विजय बनाउन सबै मतदाताहरूसँग अपिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !