२३ बैशाख २०८१, आइतबार

प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आज पनि बस्दै


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक हिजो बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि आज बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्ने भएको हो । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो ।

हिजोको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । अध्यक्ष ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !