२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद पुनर्गठनको तयारीमा


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू परिवर्तन गर्न सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग आवश्यक छलफल गरिसकेका छन् ।

माओवादी केन्द्रबाट गएका सबै मन्त्रीहरु फेर्न तयार रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग पनि सवै मन्त्रीहरु फेर्नुपर्ने सर्त राखेका छन् । कांग्रेसमा भने संस्थापन पक्षका देउवानिकट कतिपय मन्त्रीहरु कायम राख्ने भनाइ आएपछि गृहकार्य केही समयका लागि पछि सरेको हो ।

प्रधानमन्त्री प्रचण्डले शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै अर्को क्रम भङ्ग गर्ने बताएका छन् । प्रधानमन्त्रीले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेको भन्दै अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् ।

उनले जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी गरे । तर क्रमभंगअन्तर्गत के हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले खुलाएनन् । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !