२३ बैशाख २०८१, आइतबार

माघ १४ देखि १८ गतेसम्म एकीकृत समाजवादीले महाधिवेशन गर्ने


एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक फाइल फोटो

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ महिनामा पार्टीको महाधिवेशन गर्ने भएको छ । एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।

एकीकृत समाजवादीको आज बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले माघ १४ गतेदेखि १८ गतेसम्म दशौं राष्ट्रिय महाधिवेशन गरिने बताए । यद्यपि उक्त पार्टी गठन भएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो ।२०७८ साल भदौमा एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेको थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

त्यस्तै उक्त पार्टीले महाधिवेशन अघि युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम गर्ने पनि भएको छ । बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !