२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतकी अनितादेवी मन्त्री बन्ने


अनितादेवी साह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई आजै सरकारमा सहभागी गराउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाएर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिएको हो । जनमत पार्टीले यसअघि नै साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

यद्यपि उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एक जना मन्त्रीलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !