२५ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको हो । माओवादीको पदाधिकारी बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्नेछ ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !