२५ बैशाख २०८१, मंगलबार

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै


संवैधानिक परिषदको बैठक फाइल फोटो

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषद्को बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्न लागेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि चार दिनपछि साउन २० गते सकिँदै छ ।

प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले संवैधानिक परिषद्को बैठक बोलाइएको हो । बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !