२३ बैशाख २०८१, आइतबार

ललिता निवास प्रकरण छानविन ‘पोलिटिकल स्टन्ट’ मात्र भएको ओलीको टिप्पणी


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको टिप्पणी गरेका छन् ।

आज शुक्रवार काठमाडौंमा स्ववियु काउन्सिल नेपालको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले अहिले सरकारले गरिरहेको छानबिन प्रकरण नाटक मात्रै भएको बताएका हुन् ।

अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उनका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत प्रकट गरे । उनले एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताए ।

उनले देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको समेत आरोप लगाए । ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !