२५ बैशाख २०८१, मंगलबार

एमालेद्वारा राष्ट्रियसभाको आजको बैठक पनि अबरुद्ध


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तीलाई लिएर आज दोस्रो दिन पनि राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ । अबरुद्ध बैठक भोलिसम्मका लागि सारिएको छ । एमालेले सोही बिषयलाई लिएर हिजो बुधबारको बैठक पनि अबरुद्ध गरेको थियो ।

राष्ट्रिय सभाको आजको बैठक शुरु हुने बित्तिकै नेकपा(एमाले) का सांसद भैरबसुन्दुर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले यही असार १८ गते भारतीय मूलका नेपालमा बस्ने प्रितम सिंहको ८८ औं जन्मदिनको अवसरमा उनकी छोरीद्वारा लिखित पुस्तकको विमोचन गर्दै प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन निकै ठूलो मेहनत गरेको, धेरै पटक दिल्ली समेत धाएको र नेपालका केही पार्टीहरुबीच पनि संवाद गराएको भन्ने अभिव्यक्तीलाई नेकपा(एमाले)ले गम्भिररुपमा लिएको बताएका थिए ।

सांसद श्रेष्ठले प्रधानमन्त्रीको उक्त अभिव्यक्तीले नेपालको प्रधानमन्त्री नेपालको सदनले बनाउने नभई दिल्लीको आदेश र निर्देशनमा बन्दो रहेछ भन्ने कुरा अहिले सामाजिक संजाहरुमा समेत आइरहेको र यसबाट देशको स्वाभिमान, राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा समेत आँच पुगेकाले सारा नेपाली अहिले दुःखीत भइरहेको बताए ।

नेपालको संविधानको धारा ५ को उपधारा १ र २ मा राष्ट्रिय हित बिपरित गरिने कुनै पनि कार्य दण्डनीय हुने कुरा स्पष्टरुपमा उल्लेख भएको बताउँदै सांसद श्रेष्ठले प्रधानमन्त्रीले नेपालको संविधानलाई समेत बिर्सिएर राष्ट्रिय हित बिपरितको अभिव्यक्ती दिएकाले अब प्रधानमन्त्रीको कुर्सीमा बसिरहन नसुहाउने कुरा आफ्नो संसदीय दलको तर्फबाट हिजो नै धारणा सार्वजनिक गरिसकेको पनि बताए ।

सबै भन्दा ठूलो देश भएको बताउँदै सांसद श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आजको सदनको कामकारबाही अगाडि नबढाइयोस् भनी आग्रह गरेका थिए । अध्यक्षले तिमिल्सिनाले सदन अबरुद्ध गर्ने भन्दा पनि संवाद मार्फत समस्या समाधानका गर्न सकिने तर्फ सुझाव दिंदै आसन ग्रहण गरेर सदनको कामकारबाहीलाई अगाडि बढाउनको निम्ति सहयोग गर्न आग्रह गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदहलाई आसन ग्रहण गरेर सदन सुचारुका निम्ति सहयोग गर्न पटक पटक आग्रह गर्दा समेत एमालेका सांसदहरुले उभिएर आफ्नो विरोध कायमै राखेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रिय सभाको अर्को बैठक भोलि असार २२ गते मध्यान्ह १२ बजेर २९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !