२५ बैशाख २०८१, मंगलबार

हिजो स्थगित गरिएको राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । हिजो स्थगित गरिएको राष्ट्रियसभा बैठक आज अपराह्न १ः०१ बस्न लागेको हो ।

हिजो प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक आजसम्मका लागि स्थगित भएको थियो । हिजो बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।

तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !