२५ बैशाख २०८१, मंगलबार

झलनाथको ज्ञानेन्द्रलाई चेतावनी : राजतन्त्र फर्किदैन, गुण्डागर्दी सह्य हुँदैन


झलनाथ खनाल र ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्कने कुरा असम्भव भएको गुण्डागर्दी सह्य नहुने भन्दै चेतावनी दिएका छन् ।

आज बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दे नेता खनालले पूर्वराजाले देशमा मण्डेले शैलीमा गुण्डागर्दी गरिरहेकाे भन्दै उक्त कार्य सह्य नहुने चेतावनी दिएका हुन् ।

नेता खनालले देशमा गुण्डागर्दी गर्दै हिँड्ने इच्छा पूरा हुन नदिने भन्दै राजाका मान्छेहरूले आफूविरुद्ध नाराबाजी लगाएकोप्रति आक्रोश व्यक्त गरे । नेता खनालविरुद्ध मंगलबार एक कार्यक्रम आफूलाई राजावादी भन्ने समूहले नाराबाजी गरेको थियो ।

मंगलबार राजावादीले गरेको हर्कतको जवाफ दिंदै खनालले पूर्वराजा शाहलाई सक्ने भए राप्रपाको अध्यक्ष बनेर राजनीतिक प्रतिष्पार्धामा आउन चुनौती दिए । उनले धमिलो पानीमा माछा मार्नेहरू सक्रिय हुन थालेको र लोकतन्त्र र गणतन्त्रका लागि लड्ने नेतामाथि नाराबाजी गर्ने अभियान नै चलेको बताए ।

उनले मण्डले बिउत्याउन कोसिस भइरहेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्रको इसारामा यो सब भइरहेको बताउँदै मन्दिर धाउँदैमा राजतन्त्र नफर्कने खनालको तर्क रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !