२३ बैशाख २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान लिइने


जिल्ला अदालत काठमाडौं

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आज पनि बयान लिइँदै छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज बयान लिइने भएको हो ।

यसअघि शुक्रबारदेखि सुरु भएको नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तमाथिको बयान सकिएको थियो । शुक्रबार दुई अभियुक्तहरु केशव दुलाल र सागर राईको बयान लिइएको थियो ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे । सो प्रकरणमा १७ जना अभियुक्त प्रकाउ परिसकेका छन् । अझै १३ जना अभियुक्त फरार छन । फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !