१५ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव समेत पारित गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।

राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसादतिमिल्सिनाद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । नेपाली काँग्रेस पार्टीको तर्फबाट वि.संं.२०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यको रुपमा निर्वाचित सभासद बस्नेतको गत वैशाख २९ गते शुक्रबार ७८ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।

दिवंगत सभासद बस्नेतको निधनमा शोक मनाउन बैठकमा एक मिनेट मौनधारण समेत गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक आजै साँझ६ बजेर १६ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !