१४ बैशाख २०८१, शुक्रबार

रास्वपाको निर्णय : सरकारमा नजाने, समर्थन पनि फिर्ता लिने


रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको हो ।

यस्तै रास्वपाको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको निर्णायक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने टुंगो लगाएको हो ।

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड लागिपरेका थिए । सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरेतापनि रास्वपाले भने अस्वीकार गरेको हो । सत्ता गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार समेत दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !