२० बैशाख २०८१, बिहिबार

पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याइँदै


टोपबहादुर रायमाझी

काठमाडौं। पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन रहेका थिए ।

हिजो बुधबार बेलुका उनी भैरहवा विमानस्थलबाट काठमाडौं आउन जहाज टिकट काटेका रायमाझी अन्तिम समयमा टिकट रद्द गरेर सम्पर्कविहिन भएका थिए । बुटवलमा रहेको छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार पक्राउ गरेको खवर सार्वजनिक भएपछि उनको फोन स्विचअफ रहेको थियो ।

प्रहरी स्रोतका अनुसार बुधबार बेलुका भैरहवाकै एक होटलमा बास बसेको रायमाझीलाई अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि हिजो पक्राउ पूर्जी जारी भएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानको लागि उनी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि उक्त प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित ८ जना पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस्

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !