१८ बैशाख २०८१, मंगलबार

जसपाबाट उपराष्ट्रपतिमा दुई जनाको उम्मेदवारी, प्रमिला यादवले पनि गरिन् दर्ता


प्रमिला यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा दर्ता गरेसंगै दुई जनाको उम्मेदवारी परेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि जसपाको तर्फबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहेका छन् भने उनको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन रहेका छन् ।

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताइन् । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उनले उल्लेख गरिन् ।

यो पनि पढ्नुहोस्

जसपाका रामसहाय यादवद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

एमालेकी अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

जनमत पार्टीकी ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !