८ बैशाख २०८१, शनिबार

एमालेकी अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, गाेकर्ण बिष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा कृष्णगाेपाल श्रेष्ठ, तुलसाकुमारी दाहाल, भगवती न्याैपाने, यशाेदा रिमाल र महेशकुमार बर्ताैला रहेका छन् ।

एमालेबाट उपराष्ट्रपतिमा उम्मेदवार भएकी शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

यो पनि पढ्नुहोस्

जनमत पार्टीकी ममता झाद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !