२५ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भेटे काँग्रेस सभापति देउवालाई


सुवास नेम्वाङ र शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आगामी फागुन २६५ गते हुन लागेको राष्ट्रपति निर्वाचनको मिति नजिकिंदै गर्दा नेम्वाङले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन् ।

दुई नेताहरुबीच राष्ट्रपति निर्वाचनका साथै देशको समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । नेम्वाङले राष्ट्रका महत्वपूर्ण विषयहरुमा ठूला दल कांग्रेस र एमाले एकै ठाउँमा रहेर अधिकतम समान धारणा बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !