२३ बैशाख २०८१, आइतबार

बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक जारी


आठ दलीय गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक जारी रहेको हो ।

जारी बैठकमा पछिल्लो देशको राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल हुँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने गरी दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श जारी राखेका छन् ।

राष्ट्रपति निर्वाचनको लागि बनेको आठ दलीय गठबन्धनले बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका पाखा लगाएर नेपाली कांग्रेससहितका आठ दलको गठबन्धनको बनाएका हुन् ।

आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बनेका छन् भने एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !