२५ बैशाख २०८१, मंगलबार

मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र हुने


मन्त्रिपरिषद्को बैठक प्रचण्ड फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र गर्ने भएका हुन् ।

आज मंगलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताइन् ।

उनले नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले सोको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताइन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्ने बताइन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने भएका छन् । यसअघि सरकारलाई समर्थन गरेका केहि दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् । उनले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताइन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !