१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको सट्टा उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने


उपप्रधानमन्त्री श्रेष्ठ फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सट्टामा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड दोहा जाने तय भएपनि राष्ट्रपति निर्वाचन र देशमा विकसित घटनाक्रमको कारण भ्रमण स्थगित गरिएको थियो । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका प्रधानमन्त्री प्रचण्डले पनि कतार नजाने भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जाने भएतापनि भ्रमण स्थगित गरिएकोले उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट सुरु गर्ने भएका थिए । तर राष्ट्रपतिको निर्वाचनको विषय पेचिलो बन्दै गएकोले प्रधानमन्त्री कतार नजाने भएको बताइएको छ ।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री कतारको राजधानी दोहा जान लागेका थिए । यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनबीच प्रधानमन्त्री कतार जाने कार्यक्रम रद्ध भएको हो ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेका प्रधानमन्त्रीको कतार भ्रमण पनि रद्ध

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेर पूर्वकानुनमन्त्रीलाई पठाए

प्रधानमन्त्री प्रचण्डद्वारा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने निश्चित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !