१२ श्रावण २०८१, शनिबार

परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेका प्रधानमन्त्रीको कतार भ्रमण पनि रद्ध


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कतार नजाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जाने भएका थिए ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री पौड्याललाई स्वीट्जरल्याण्डको जेनेभा जान रोकेर पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाएका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वकानूनमन्त्री बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण रोकेर पौड्यालको सट्टा बन्दीलाई पठाएका हुन् । जेनेभा जानेमा पूर्वकानुनमन्त्री बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।स्वीट्जरल्याण्डको जेनेभा तीनघण्टा अघि मात्र परराष्ट्रमन्त्री पौडेललाई अन्तिममा आएर प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीमार्फत उनको भ्रमण रोकेका थिए ।

गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट सुरु गर्ने भएका भएका थिए । तर राष्ट्रपतिको निर्वाचनको विषय पेचिलो बन्दै गएकोले प्रधानमन्त्री कतार नजाने भएको हुनसक्ने बताइएको छ ।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री कतारको राजधानी दोहा जान लागेका थिए । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको थियो । परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री फागुन २२ गते नेपाल फर्किने तालिका रहेको थियो ।

यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनबीच पनि प्रधानमन्त्री कतार जाने कार्यक्रम रद्ध भएको हो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेर पूर्वकानुनमन्त्रीलाई पठाए

प्रधानमन्त्री प्रचण्डद्वारा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने निश्चित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !