२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने निश्चित


प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १९ गते शुक्रबार कतार जाने निश्चित भएको छ । गत पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले पहिलो विदेश भ्रमण कतारबाट गर्ने भएका हुन् ।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री कतारको राजधानी दोहा जान लागेका परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री फागुन २२ गते नेपाल फर्किने जानकारी दिइन् । यही फागुन २५ गते नेपालमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनबीच पनि प्रधानमन्त्री कतार जाने कार्यक्रम तय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !