११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक


डा. विमला राई पौड्याल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकेका छन् । परराष्ट्र मन्त्री पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने तयारीमा थिइन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी थिइन् । नेपाल मानवाधिकार परिषद्को सदस्य राष्ट्र भएकोले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

मन्त्री डा. पौड्यालको भ्रमण नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइएको थियो ।

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउने तयारी रहेको थियो । सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट गर्ने कार्यक्रम रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !