८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई जेनेभा जान रोकेर पूर्वकानुनमन्त्रीलाई पठाए


गोविन्दप्रसाद शर्मा कोइराला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई स्वीट्जरल्याण्डको जेनेभा जान रोकेर पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाएका छन् । प्रधानमन्त्री प्रचण्डले पूर्वकानूनमन्त्री बन्दीसहित तीन जनालाई स्वीट्जरल्याण्ड पठाइएएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण रोकेर पौड्यालको सट्टा बन्दीलाई पठाएका हुन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन् ।

स्वीट्जरल्याण्डको जेनेभा तीनघण्टा अघि मात्र परराष्ट्रमन्त्री पौडेललाई अन्तिममा आएर प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीमार्फत उनको भ्रमण रोकेका थिए । प्रधानमन्त्रीको आदेश भन्दै मुख्यसचिव बैरागीले परराष्ट्रमा खबर गरेर भ्रमण रोक्न भनेका थिए ।

जेनेभा जानेमा पूर्वकानुनमन्त्री बन्दीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा, परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल रहेका छन् । नेपाल मानवाधिकार परिषद्को सदस्य राष्ट्र भएकोले नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

मन्त्री डा. पौड्यालको भ्रमण नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डद्वारा परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !