१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा


प्रचण्ड र शेरबहादुर देउवा धुम्बाराही फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

आफ्नो निवास धुम्बाराहीमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसहितका नेतासँग छलफल गरेपछि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा अहिले जारी बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, काँग्रेसको तर्फबाट सभापति देउवा, उपसभापति खड्का, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा आज बेलुका बालुवाटार पुग्नुअघि उनले उपसभापति पूर्णबहादुर खड्कालाई दूतका रुपमा पठाएका थिए । खड्का नेकपा यसका अध्यक्ष नेपालसहितको टोलीसँगको छलफल हुँदै गर्दा बीचमै उठेर धुम्बाराहीबाट बाहिरिएर बालुवाटार हानिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने बताइएको छ । बिगतमा देउवाले आफैं प्रधानमन्त्री बन्ने अडान लिएपछि पुस १० गते प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर सोही दिन प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर सरकारलाई पुस २६ गते विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड र देउवा नजिकिदै आएर पुरानो गठबन्धन ब्युँताउने पहलमा लागेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बुधबारको पार्टी सचिवालय बैठकमा पुरानो गठबन्धन ब्युँताउने र ओलीबाहेककै गठबन्धनलाई निरन्तरता दिनेगरी पहल गर्ने बताएका थिए ।

आज बुधबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठसँग पनि राष्ट्रपतिको विषयमा परामर्श गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले दौडधुप बढेको छ भने राजधानीमा राजनीतिक सरगर्मी पनि बढेको छ ।

यो पनि पढ्नुहोस्

भावी राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे माधव नेपाल

राष्ट्रपतिलाई लिएर चिनियाँ राजदूत सक्रिय : कोटेश्वर पुगेर भेटे नेपाललाई

नेकपा एसको बैठक : राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !