७ बैशाख २०८१, शुक्रबार

भावी राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे माधव नेपाल


देउवा, प्रचण्ड, नेपाल, पौडेल र यादव फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । भावी राष्ट्रपतिबारे छलफल गर्न अध्यक्ष नेपाल कांग्रेसका सभापति देउवा निवास धुम्बाराही पुगेका हुन् ।

आज बसेको सचिवालय बैठकलगत्तै महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल, प्रवेश हमाल देउवा निवास पुगिसकेका थिए भने नेपाल छलफलमा मिसिएका हुन् । जारी बैठकमा काँग्रेस सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु पनि सहभागी भएका छन् ।

आज बसेको नेकपा एसको सचिवालय बैठकले राष्ट्रपतिमा प्रस्ताव आए सबै दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतासहित राष्ट्रपतिको प्रस्ताव गरेको चर्चाले नेपाली राजनीतिमा सरगर्मी बढेको छ ।

पार्टी सचिवालय बैठकमा ओलीले पार्टी एकताको प्रस्ताव राखेको र आफूले ओलीको प्रस्तावलाई विश्वास नगरेको भन्दै पुरानै गठबन्धन ब्युँताउने बताएको केहीबेरमा नेपाल देउवा निवास पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

देउवाले नेपालसँग कुराकानी गर्नुअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । यादव देउवा निवासबाट बाहिरिएलगत्तै नेपाल धुम्बाराही पुगेका हुन् ।

नेपालको भावी नयाँ राष्ट्रपतिको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत छन् सोङको सक्रियता बढेको छ । यसैबीच चिनियाँ राजदूत सोङले नेकपा एसका अध्यक्ष नेपालसंग भेटेर राष्ट्रपतिको निर्वाचनबारे चासो व्यक्त गरेका थिए ।

आजै बिहान मात्र बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका राजदूत सोङले कोटेश्वरस्थित निजी निवासमा पुगेर नेपाललाई भेटेका हुन् । यस्तै आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको छलफलको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसमक्ष नेकपा एसका अध्यक्ष नेपाललाई सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेपछि नेपाललाई भेट्न चिनियाँ राजदूत कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालका छिमेकी दुई मित्रराष्ट्र उत्तरको चीन र दक्षिणको भारत पनि आफ्नो स्वार्थ मिल्ने अनकूल व्यक्ति राष्ट्रपति हुनुपर्ने अप्रत्यक्ष लबिङमा रहेका छन् । अहिले भारत खुलेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षमा देखिएको छ भने कम्युनिष्ट पृष्ठभूमिका व्यक्ति राष्ट्रपति हुँदा आफूलाई सहज महसुस ठान्ने चीन आजबाट नेपालको पक्षमा लबिङमा लागेको हो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिलाई लिएर चिनियाँ राजदूत सक्रिय : कोटेश्वर पुगेर भेटे नेपाललाई

नेकपा एसको बैठक : राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !