११ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिलाई लिएर चिनियाँ राजदूत सक्रिय : कोटेश्वर पुगेर भेटे नेपाललाई


काठमाडौं । नेपालको भावी नयाँ राष्ट्रपतिको विषयलाई लिएर नेपालका लागि चिनियाँ राजदूत छन् सोङको सक्रियता बढेको छ । यसैबीच चिनियाँ राजदूत सोङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसंग भेटेर राष्ट्रपतिको निर्वाचनबारे चासो व्यक्त गरेका छन् ।

आजै बिहान मात्र बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका राजदूत सोङले कोटेश्वरस्थित निजी निवासमा पुगेर नेपाललाई भेटेका हुन् । यस्तै आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको छलफलको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसमक्ष नेकपा एसका अध्यक्ष नेपाललाई सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्ताव गरेपछि नेपाललाई भेट्न चिनियाँ राजदूत कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालका छिमेकी दुई मित्रराष्ट्र उत्तरको चीन र दक्षिणको भारत पनि आफ्नो स्वार्थ मिल्ने अनकूल व्यक्ति राष्ट्रपति हुनुपर्ने अप्रत्यक्ष लबिङमा रहेका छन् । अहिले भारत खुलेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षमा देखिएको छ भने कम्युनिष्ट पृष्ठभूमिका व्यक्ति राष्ट्रपति हुँदा आफूलाई सहज महसुस ठान्ने चीन अहिलेसम्म खुलिसकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता

राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेताहरु देउवा निवास धुम्बाराहीमा

राष्ट्रपतिको प्रस्ताव लिएर ठाकुरले बालकोट पुगेर भेटे ओलीलाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !