१५ बैशाख २०८१, शनिबार

कांग्रेसकै उम्मेदवार राष्ट्रपति भएको समाचार सुन्न पाउनुहुनेछ : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २५ गते राष्ट्रपतिका निर्वाचनमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार सुन्न पाउने बताएका छन् ।

आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले प्रस्ताव गरेकै उम्मेदवार राष्ट्रपति बन्ने ठोकुवा गरेका हुन् ।

शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपतिको पद बाजी मार्ने बताएका हुन् । उनले केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने बताए ।

शर्माले कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुमेको स्मरण गरे । उनले कांग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेर गएपनि सत्ता हातमा नभएपछि कार्यकर्तामा निराशा पैदा भएकोे स्वीकार गरे । उनले पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने स्पष्ट पारेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !