१५ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्वरमा आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ।

यस्तै बैठकको दोस्रो कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्ने रहेको छ ।

साथै बैठकको तेस्रो कार्यसूचीमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !