२६ बैशाख २०८१, बुधबार

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै : सरकारबारे निर्णय गर्ने


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बैठक आज पनि बस्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

यसअघि हिजो राती पनि रास्वापाको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बसेपनि कुनै निर्णय गर्न सकेको थिएन । आज बस्न लागेको बैठकले सरकारमा रहने कि नरहने भन्ने बारेमा निर्णय गर्ने छ ।

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि रास्वपाको यसअघि दुई पटक बैठक बसेको थियो । यसअघि पटक-पटक बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेर रास्वापाका सभापति रवि लामिछानेले आफूलाई पुन: गृहमन्त्री बनाउन आग्रह गरेका थिए ।

यसअघि बिहिबार बसेको रास्वपाको बैठकले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले समय मागेपछि सरकारमा रहने वा बाहिरिने विषयमा निर्णय गर्न हिजो साँझसम्म २ दिने अल्टिमेटम आज सकिएपछि रास्वापाको आज पनि संयुक्त बैठक बोलाएको हो ।

रास्वापाले गृहमन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिंदै आएको थियो । यता गृह मन्त्रालय रास्वापालाई नै दिने वा नदिने भन्ने बारेमा माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटी बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।

प्रधानमन्त्री प्रचण्डले स्वार्थ बाँझिने भन्दै रास्वपालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिन चाहेपनि उक्त पार्टीले यसअघि नै गृह मन्त्रालय आफ्नो पार्टीको बटमलाइन भएको भन्दै कुनै हालतमा गृह मन्त्रालय नछोड्ने नत्र सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिंदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !