२३ बैशाख २०८१, आइतबार

घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै


घनश्याम भुसाल,

काठमाडौं । नेकपा (एमाले) त्यागेका नेता घनश्याम भुसाल आज शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्दै छन् । भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले आज स्वागत गर्ने भएका हुन् ।

उनले आज काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गरेर समाजवादीमा प्रवेश गर्न लागेका हुन् । एकीकृत समाजवादीले आज शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलनको गर्ने भएको छ । उनले उक्त घोषणाका लागि एक कार्यक्रम नै तय गरेका छन् ।

बुधबार मात्रै एकीकृत समाजवादीले भुसाललाई स्वागत पत्र पठाएर पार्टीमा छिटोभन्दा छिटो आउन आग्रह गरेको थियो । यसअघि अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आएका थिए ।

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । पछि भुसाललाई नेपाली कांग्रेस र माओवादीको पनि समर्थन गर्दा पनि एमालेका छविलाल विश्वकर्मासँग पराजय व्यहोरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !