२६ बैशाख २०८१, बुधबार

नेपालका लागि नयाँ चिनियाँ राजदूत सोङ काठमाडौँ आइपुगे


नयाँ चिनियाँ राजदूत छन् सोङ

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ आज आइतबार काठमाडौं आइपुगेका छन् । चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि सोङ आज आइतबार नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गरेका छन् ।

सोङ यसअघि पुस ११ गते नेपाल आउने भनिएपनि स्वास्थ्यमा समस्या आएपछि पूर्वनिर्धारित मितिभन्दा लगभग दुई साता ढिला नेपाल आएका हुन् । आज नेपाल आइपुगे पनि नयाँ चिनियाँ राजदूत सोङ केही दिन क्वारेन्टीनमा बस्ने भएका छन् ।

तत्कालिन चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो ।

यसअघि उनी चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत थिए । उनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आएका थिए । उनी नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञको रुपमा मानिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !