२५ बैशाख २०८१, मंगलबार

५ दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने, कार्यदलको संयोजक ओली


बालुवाटार सत्ता साझेदार दलहरुको बैठक

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलले ५ दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ ।

आज बिहीबार बालुवाटारमा बसेको बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कार्यदल संयोजकको जिम्मेवारी दिएको छ । बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले जानकारी दिए ।

कार्यदलमा सत्ता साझेदार दलबाट १/१ जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्ने बताइएको छ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !