२६ बैशाख २०८१, बुधबार

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा अध्यक्ष प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्ने बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

यस्तै बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । बैठकले माओवादी केन्द्रबाट सरकारमा पठाउने मन्त्री बन्नेहरुबारे पनि टुंगो लगाउने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !