२४ बैशाख २०८१, सोमबार

प्रचण्डले गण्डकीका तीन जिल्लाका चुनावी सभालाई आज सम्बोधन गर्दै


प्रचण्ड गोरखामा

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दै छन् ।

प्रचण्डले आज आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभामा सहभागी हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र हो भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र भएकाले गठबन्धनका नेता समेत पुग्ने भएका हुन् । यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेर फर्किएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !