२३ बैशाख २०८१, आइतबार

सञ्चारमन्त्री कार्कीले लगाए बहिनीको हातवाट भाइटीका


ज्ञानेन्द्रबहादुर कार्की फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन् । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गरेका हुन् ।

सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गरेको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा. मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गरेका हुन् ।

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गरे । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !