१४ बैशाख २०८१, शुक्रबार

पूर्वआइजीपी सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दै


सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्दै छन् । ललितपुरस्थित च्यासलस्थित एमालेको मुख्यालयमा उनलाई बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

खनालले अध्यक्ष ओलीलाई हिजो बुधबार बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएको स्रोतले बताएको छ ।

खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप लाग्दै आएको थियो । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी भएका थिए ।

तत्कालिन ओली सरकारले सर्वेन्द्र खनाललाई आइजीपीमा बढुवा गरेपछि असन्तुष्ट रहेका तत्कालिन प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका थिए ।

यता रमेश खरेलले भने आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् । कुनै जवानाका नेपाल प्रहरीका दुई निकटम प्रतिस्पर्धी फेरि राजनीतिमा लागेर को सफल हुने हो त्यो हेर्न भने कुर्नु नै पर्ने हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु